image
image
कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो : अध्यक्ष प्रचण्ड

कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो : अध्यक्ष प्रचण्ड


काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति अपत्ति जनाएका छन्।प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्।

'देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो, उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। तर, आज भने सरकारले मन्त्रीपरिषद्  बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ। आशा गरौं यो खबर असत्य सावित होस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले यो खबर सत्य भएमा सरकारले गलत गरेको दाबी गरेका छन्। 'यदि यो खबर सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु,' उनले भनेका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई निर्देशक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।