image
image
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु, तीन दिनसम्म सञ्चालन हुने

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु, तीन दिनसम्म सञ्चालन हुने


काठमाडौं । पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।

न्युरो फाउन्डेसन नेपाल र नेपलिज सोसाइटी अफ न्युरोसर्जन्स्को संयुक्त आयोजना रहेको सम्मेलनमा क्यानडा, इरान र नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकको उपस्थिति छ ।

सम्मेलनमा ६० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुति गरिरहेका छन् । सम्मेलनबारे प्रकाश पार्दै न्युरोफाउन्डेसन नेपालका अध्यक्ष डा वसन्त पन्तले भने, “फङ्सनल न्युरोसर्जरीमा पार्किन्सन्स, शरीर काम्ने, शरीरको चालसम्बन्धी गडबडी -मुभमेन्ट डिसअर्डर-, विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार हुन्छ । सोही विषयमा केन्द्रित रहेर सम्मलेन आयोजना गरिएको हो ।”

आजभन्दा २० वर्ष अघि नेपालमा एमआरआइसहित स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने प्रविधिको विकास नभएको अवस्थामा न्युरोसर्जन अत्यन्त कम रहेका बताउँदै आज नेपालमा यो सङ्ख्या एक सय २० पुगेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।