नेपालगन्जका घरघरमा संक्रमित
काठमाडौँ १७ शुक्रबार । दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् । नेपालगन्ज उपमहानगरका भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् । यी प्रमुख आवास क्षेत्र हुन् । यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीयले संक्रमण ‘भुसको आगो’ झैं फैलिरहेको बताएका छन् ।
संक्रमितको सम्पर्कमा आएका र कोरोनासँग मेल खाने लक्षण देखिएपछि बिहीबार भेरी अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये २ सय १४ जनामा संक्रमण देखियो । बिहीबार परीक्षण गरिएकामध्ये साढे ७४ प्रतिशतमा संक्रमण देखिएको हो । नयाँ संक्रमितमध्ये १ सय ३२ पुरुष र ८२ महिला छन् । १ सय ९२ जना नेपालगन्ज उपमहानगरका मात्रै छन् । प्रयोगशालाका अनुसार अधिकांश संक्रमित नेपालगन्ज–१० भृकुटीनगर, नेपालगन्ज–१२ कोरियनपुर र नेपालगन्ज–१८ कारकाँदोका छन् । बर्दियाका १२ र सुर्खेतका ३ जना छन् । संक्रमितमध्ये २० देखि ५० वर्ष उमेर समूहका १ सय ३७ जना छन्, जुन कुल पहिचान भएको संख्याको ६४ प्रतिशत हो ।
गत वैशाख १३ गते ३६ घण्टामा २ सय ८८ नमुनाको परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षण गरिएकामध्ये करिब ८१ प्रतिशतमा संक्रमण देखिएको हो । तीमध्ये १ सय ३९ जना पुरुष र ९४ जना महिला थिए । संक्रमितमध्ये बाँकेका मात्रै २ सय ८ जना थिए । तिनमा १ सय ८२ जना नेपालगन्ज उपमहानगरका थिए । बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाका ८ जना थिए । कुल संक्रमितमध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहका १ सय ७४ जना छन् । जुन कुल संख्याको ७५ प्रतिशत हो । गत वैशाख १२ गते ४ सय ७६ नमुना संकलन गरिएकामा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये नेपालगन्जका २ सय ३६, कोहलपुरका २५ जना थिए भने बर्दियाको बारबर्दियाका २१ जनामा संक्रमण देखिएको थियो । उमेर समूहमा २० देखि ४० वर्षका सबैभन्दा प्रभावित देखिन्छन् । २० वर्षभन्दा कम उमेर समूहका ५२ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।
यो तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना संक्रमण भेटिएको सहजै अनुमान गर्न सकिन्छ । लक्षण देखिएकाको मात्रै परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेको प्रयोगशालाले जनाएको छ । ‘पछिल्लो दुई सातामा बाँकेमा ३ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २ हजार ५ सयभन्दा बढी नेपालगन्जका छन्,’ नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने, ‘नेपालगन्जका घरघरमा कोरोनाका बिरामी हुन सक्छन् । परीक्षण नगरिएको मात्रै हो ।’
गत वैशाख ११ गते २४ घण्टामा २ सय ८८ नमुना संकलन गरिएकामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । तिनमा बाँकेका १ सय ६१, बर्दियाका १२ र अरू बाँकी जिल्लाका रहेका थिए । त्यस्तै, वैशाख १० गते शुक्रबार २४ घण्टामा भेरीमा २ सय ६९ नमुना परीक्षण गरिएकामा २ सय ५० जनामा संक्रमण भेटिएको थियो । तीमध्ये बाँकेका २ सय ३ जना रहेका थिए । बर्दियाका २२ र बाँकी अन्य जिल्लाका थिए । ‘परीक्षणको दायरा बढाउने हो भने अझै पनि संक्रमितको संख्या बढ्न सक्छ,’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दले भने ।
दुई सय संक्रमितको उपचार क्षमता भएको भेरीमा मात्रै बिहीबार २ सय १४ जना कोरोनाका बिरामी भर्ना छन् । ‘हामीले कोरोनाको महामारीबारे बारम्बार सचेत गराइरहँदा पनि लापरबाही भयो, जसका कारण समुदायमा कोरोना फैलिसक्यो,’ भेरी अस्पतालमा कोरोना उपचारमा संलग्न फिजिसियन डा। राजन पाण्डेले भने, ‘अहिलेको अवस्था हेर्दा कोरोना संक्रमण नियन्त्रणबाहिर गइसकेजस्तो देखिन्छ ।’
उनका अनुसार बाँकेमा गत वर्षको भन्दा कोरोनाको फरक भेरियन्ट रहेको देखिएको छ । ‘कोरोनाको दोस्रो लहर चलेको दुई साता भयो, यसपटक जटिल खाले बिरामी बढी देखिन थालेपछि ठीक हुनेको संख्या पनि पहिलेभन्दा कम भएको छ,’ उनले भने, ‘क्रिटिकल बिरामीलाई ठीक हुन समय लाग्छ तर यति नै प्रतिशत हो भन्ने एनालाइसिस गर्न भ्याएका छैनौं ।’
चिकित्सकहरूका अनुसार नेपालगन्जमा बढी परीक्षण गरिएको संक्रमणको दर धेरै देखिएको छ । अन्य पालिकाहरूमा कोरोनाको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नगरिएका कारण संक्रमित कम देखिएका हुन् । जिल्लाभरि परीक्षण गर्ने हो भने कोरोना संक्रमितको संख्या थेग्नै नसक्ने देखिने चिकित्सकले बताए । भेरी अस्पतालका चिकित्सकका अनुसार बाँकेमा भारतबाट फर्किएकाभन्दा बढी यहीँ बसोबास भएका व्यक्तिमा संक्रमण देखिएको छ ।
जिल्लाको तथ्यांकले बिहीबार देखापरेका ४ सय ४७ संक्रमितमध्ये सैनामैनामा १ सय २१, देवदहमा ८२ र अन्य पालिकामा क्रमैसँग केही कम रहेको देखाएको छ । संक्रमणको दर र लक्षणलाई हेर्दा नयाँ भेरियन्ट हो कि भन्ने लागेको बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा। नन्दु पाठकले बताए । ‘अहिले निमोनिया, ज्वरो, घाँटी खसखस, टाउको दुखाइ, पखालाजस्ता लक्षण छन्,’ उनले भने, ‘बिरामी भेन्टिलेटरमा पुगेपछि फर्काउनै गाह्रो भइरहेको छ ।’ अहिले निको हुने दर एकदमै कम रहेको उनले बताए ।