बेडको प्रतीक्षमा बसेका संक्रमितको शुक्रबार मृत्यु
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इमर्जेन्सी वार्डमा अक्सिजन दिएर राखिएको थियो ।









