image
image

नारायणी अस्पतालमा २८८ जनाको परीक्षण गर्दा १७५ जनामा कोरोना पुष्टि

कामठाडौँ १७ शुक्रबार । पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । नारायणी अस्पतालमा २ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै पर्सा जिल्लाका रहेका छन् । पछिल्लो २४ घण्टामा पर्सा जिल्लामा मात्र १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये वीरगञ्ज महानगरपालिकाका मात्रै १ सय १९ जना रहेका छन् ।

त्यस्तै, बारा जिल्लाका ३४ जना, महोत्तरीका १ जना, रौतहटका ३ जना, सलार्हीका ५ जना तथा दाङ्ग जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए ।

उक्त परीक्षणमार्फत् १ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताबर घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।