image
image
अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि फिल्मले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।

बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘झरेका आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समेटेकोमा आपत्ति जनाउँदै सच्चाएर ल्याउन वा प्रधानमन्त्री कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन निर्देशन दिएको थियो । अन्य केही शब्दमा पनि बोर्डले आपत्ति जनाएको थियो । अब फिल्ममा प्रधानमन्त्रीको भाषण हटाइने र अन्य केही शब्दमा म्युट गरिने भएको छ ।

सेन्सर पास नभएसम्म देशभित्र फिल्म प्रदर्शन गर्न नपाइने व्यवस्था छ । तर, ‘राजागंज’को सेन्सर नहुँदै विर्तामोड, इटहरी, चितवन जस्ता सहरमा प्रिमियर गरिएको थियो । अब सेन्सर पास भइसकेकाले फिल्म तोकिएको समयमै प्रदर्शन हुने भएको छ ।

दीपक रौनियार निर्देशित फिल्ममा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मले अपहरणमा परेका सभासद् र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।