image
image
तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको छ : सांसद श्रेष्ठ

तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको छ : सांसद श्रेष्ठ


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन् । 

उनले भनिन्,‘शून्य समयमा सांसद श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै उनले लगाएको उक्त आरोप माथि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति समेत जनाए ।  साथै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।