image
image
कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु, दर्जनौं कार्यक्रम गरिने

कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु, दर्जनौं कार्यक्रम गरिने


काठमाडौं । नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु भएको छ । आइतबार पार्टी कार्यलय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार ,सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको उद्घाटन गरेको हो ।   नेपाली कांग्रेस पार्टी कार्यालय, नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा अभियानको सञ्चालन गरिएको हो । कार्यक्रममा पार्टीका महामन्त्री गगन थापाले पहिलो छ महिना अभियान सञ्चालन गर्ने र पार्टीको राजनीतिक अवस्था हेरेर त्यसपछि समय थप गर्ने जानकारी दिए । 

उनले भने,‘हामी पहिला यसलाई दुई भागमा बाड्छौं । पहिला छ महिना । त्यो छ महिनामा हामी जहाँसम्म पुग्न सक्छौं, त्यसपछि पार्टीको राजनीतिक अवस्था हेरेर त्यसपछि अरु थप समयमा काम गर्ने छौं । यसका लागि एक वर्षको योजना बनाएका छौं । तर पहिला छ महिनाभित्र संघ, प्रदेशको सरकारले गर्नुपर्ने कामहरु केके हुन् । भन्ने कुुरामा पनि छलफल हुन्छ ।’अभियान व्यवस्थित रुपमा अगाडि बढेपछि सरकारको प्राथमिकतामा रोजगार आउने उनको दाबी छ । पार्टीभित्र यसविषयमा व्यवस्थित ढंगले छलफल गरेपछि अरु पार्टीहरुसँग पनि छलफल गर्ने उनले जानकारी दिए । 

उनले भने,‘यो अभियान व्यवस्थित रुपमा अगाडि बढेपछि राजनीतिक विमर्शको केन्द्रमा रोजगार प्राथमिकतामा पर्छ । सरकारको प्राथमिकतामा रोजगार आउने अवस्था बन्छ । किनकी नेपाली कांग्रेसले यसरी व्यवस्थित ढंगले छलफल गरेपछि अरु पार्टीसँग पनि छलफल गर्नेछौं । अभियानमा दर्जनौ कार्यक्रमहरु सञ्चालन गर्छौं, सयौले भाग लिनुहुन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।