आज दाहाल-नेपाल पक्षको विरोधसभा बुटवलमा
काठमाडौँ माघ १४ । संसद विघटन पछि असन्तुष्ट दाहाल- नेपाल समूहले विभिन्न विरोध प्रदर्शन गर्दै आइरहेका छन् । दुइ पटक प्रदर्शनमा उत्रिएका समूहले अहिलेको प्रदर्शन भने साताव्यापी रहने जानकारी दिएका छन् । माघ १४ बाट सुरु भएको प्रदर्शन देशको विभिन्न सहरहरुमा हुने जनाएका छन् । त्यसैगरी आजको प्रदर्शन भने बुटवलमा हुदै छ ।
तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल नेपाल समूहले उपत्यका बाहिरका विरोधसभामध्ये बुटवलमा आज विशाल प्रदर्शन गर्न लागेको हो ।नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।विरोधसभालाई सम्बोधन गर्ने विषयमा बुटवल जानुअघि दाहाल र नेपालले पेरिसडाँडामा बैठक नै बसेर छलफल गरेका छन् ।
त्यस्तै शुक्रबार विराटनगर र शनिबार धनगढीमा विरोध सभाको आयोजना गर्ने कार्यक्रम घोषणा गरेको छ र माघ २८ गते काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।