image
image
थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो,यस्तो छ अवस्था, मर्मतको काम हुँदै

थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो,यस्तो छ अवस्था, मर्मतको काम हुँदै

काठमाडौ । काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ । आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही समय थापाथली प्रसुति गृह सडक अवरूद्ध भएको थियो ।

अहिले पाइप मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ । पाइप के कारणले फुट्यो भन्ने थाहा नभएको प्रहरीको भनाइ छ ।

अहिले सडक एकतर्फी रुपमा सञ्चालन गरी पाइप  मर्मतको काम भइरहेको छ । यसअघि पनि बबरमहलमा विद्युत प्राधिकरणले काम गर्ने बेलामा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र सरकारी कार्यालय जलमग्न भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।