image
image
निर्माता विनोद पौडेलद्वारा चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा, हिन्दी भाषामा पनि रिलिज हुने

निर्माता विनोद पौडेलद्वारा चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा, हिन्दी भाषामा पनि रिलिज हुने


काठमाडौं ।  ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र आगामी साउन २४ गते रिलिज हुने जानकारी पनि गराएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । 

निर्माण पक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । चलचित्र हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुने छ । पौडेलले केही समयअघि ‘पूर्ण बहादुरको सारंगी २’ निर्माणको घोषणा गरेका थिए । सो चलचित्रको सुटिङ सुरु भएको भने छैन ।

यसअघि नेपाली सिने क्षेत्रमा ‘अभिमन्यु’ चलचित्र निर्माण भई प्रदर्शनसमेत भइसकेको छ । सो चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । निखिल उप्रेतीको लिड रोल अभिमन्युमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।