image
image
पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय

पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार विवादबारे कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिए । 
उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको पनि बताए।

‘पत्रको मस्यौदा तयार हुँदै छ, हामी आजै वार्ताका लागि आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेखेर वार्ताका लागि आह्वान गर्ने छौँ,’ आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजकसमेत रहेका भट्टराईले भने ।

सरकारी वार्ता टोलीले मुक्कुमलुङ खारेजी संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम र पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूलाई सम्बोधन गरेर वार्ताका लागि औपचारिक पत्र लेख्ने तयारी छ ।

‘नो केवलकार’ समूहले मंगलबार नै वार्ताका लागि चारबुँदे सर्त अघि सारेको थियो । जसमा तत्काल केवलकार निर्माण स्थगित गर्नुपर्ने, मन्त्रीस्तरीय वार्ता हुनुपर्ने, केवलकार निर्माणका लागि सुरक्षामा अटिएका सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने र केवलकार निर्माण सामग्री तत्काल त्यहाँबाट हटाउनुपर्ने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।