image
image
शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, छिटो आवेदन दिन प्रधानमन्त्रीको आह्वान

शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, छिटो आवेदन दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको लागि खुलाईएको छात्रवृत्तिको लागि आवेदन दिनेहरुको संख्या नै नपुगेको भन्दै आवेदन दिन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले फेशुबकमार्फत खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो आवेदन दिन भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–जानकारीको लागि – शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ । [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।