image
image
स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर स्वास्थ्यमन्त्रीले सपना मात्र बाँडे : तोसिमा कार्की

स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर स्वास्थ्यमन्त्रीले सपना मात्र बाँडे : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।   सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन् । 

उनले भनिन्,‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन,बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ । स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहीत हुने बानी राम्रो भएन ।  यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौं ।’ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।