image
image
सांसद पौडेलको प्रश्न: कुलमानले के गल्ती गरे ? किन हटाइदै छ ?

सांसद पौडेलको प्रश्न: कुलमानले के गल्ती गरे ? किन हटाइदै छ ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे, भन्दै प्रश्न गरे । 

उनले भने,‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे, घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’साथै उनले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।