image
image

बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबारयता थप दुई जनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा। चूडामणि पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय र धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

वैशाख ९ गते संक्रमण पुष्टि भएपछि १३ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएका सप्तरीका पुरुष मधुमेहका रोगी थिए । त्यस्तै धनुषाका ६० वर्षीय पुरुषलाई वैशाख १० गते अस्पताल भर्ना गरिएको थियो । कोभिड अस्पतालमा भर्ना भएलगत्तै पीसीआर टेस्ट गर्दा उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । दुवै जनालाई आइसीयूमा राखिएको थियो ।

कोभिड अस्पतालमा हाल ३३ जना भर्ना गरिएका छन् । तीमध्ये १० जना आईसीयू र १८ जना एचडीयूमा छन् । थपिएका दुईसहित प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो एक सातायता ७ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।