image
image
६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो समय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रुपमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । 

उनले भने,‘अहिले गृह मन्त्रालयले खास गरेर वर्तमान सरकार र माननीय मन्त्री ज्युले निर्देशन गरेअनुसार गृह मन्त्रालयले अहिले सबैभन्दा पहिले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जबसम्म कानुनी र नीतिगत रुपमा बलियो संरचनाहरु तयार गर्दैनौं, तबसम्म काममा गुणस्तर हुँदैन् । त्यो कामले नतिजा राम्रो दिदैन भन्ने आधारमा काम गरिरहेका छौं ।’

त्यस्तै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएको पनि जानकारी गराए । उनका अनुसार साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन् । 

गृहमन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना संख्या घटेको भएपनि मृत्यु संख्या भने बढेको छ । गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो । जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए ।

यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन ्। जसमा १५२ जनाको मृत्यु भएको छ। भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन् । यसैगरी असोजमा १८सय ७३ सवारी दुर्घटना भएका छन् । त्यसमा २०० सय जनाले ज्यान गुमाएका छन् । कात्र्तिकमा १९ सय २८,मंसिरमा २ हजार १४  र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी कात्र्तिकमा २५८ जना,मंसिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।