भारतको उडिसामा नेपाली विधार्थीमाथि भएको धरपकडमा प्रधानमन्त्रीको चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विधार्थी माथी भएको धरपकडमा चासो प्रकट गरेका छन् ।उनले नेपाली बिधार्थीलाइ जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’









