image
image
डोनाल्ड ट्रम्पको कदमको विरोधमा अमेरिकी दूतावासमा प्रदर्शन गर्दै गोविन्द केसी

डोनाल्ड ट्रम्पको कदमको विरोधमा अमेरिकी दूतावासमा प्रदर्शन गर्दै गोविन्द केसी


काठमाडौं ।  चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्। केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्।केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्।

‘संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाललगायत संसारका विभिन्न देश तथा त्यसका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जनजस्ता क्षेत्रमा नकारात्मक असर पारेको छ भने पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू-राजनीति अस्थिर बनेको छ र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएको छ,’ केसीको विज्ञप्तिमा भनिएको छ। केसीले अनाहकमा रुसले छेडेको युद्ध व्यहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनकलगायत अन्य छिमेकी राष्ट्रहरुको पनि अस्तित्व खतरामा परेको जनाएका छन्।

‘यस परिस्थितिमा ती निर्णयहरूमाथि पुनर्विचारको लागि ट्रम्प प्रशाशन तथा अमेरिकी नागरिकहरूलाई अनुरोध गर्न यही फागुन ६ गते (मार्च १८ तारिख) अपराह्न ३:३० बजे अमेरिकी दूतावासनजिक (नारायण गोपाल चोक आसपास) स्थानीय प्रशासनले तोकेको स्थानमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा भाग लिन सबैलाई अनुरोध गरिन्छ,’ केसीले विज्ञप्तिमा भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।