image
image
नागरिक अधिकार प्रत्याभूत भए नभएको अनुगमन कानुन व्यववसायीले गर्नुपर्छ : राष्ट्रपति पौडेल

नागरिक अधिकार प्रत्याभूत भए नभएको अनुगमन कानुन व्यववसायीले गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल बार एशोसियसनमा आयोजित पाँचौं ल–एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको भएको बताए । 

उनले भने,‘जहाँसुकै र जोकोही होस् । कानुन व्यवसायीहरु विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन् । कुनैपनि किसिमको यातनारहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक दासतायुक्त जीवन रंगभेद लिङ्गभ्दको विरोध, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य जस्ता मानवलाई नहुने अधिकार हुन् । र लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको हो ।’

त्यस्तै उनले आज लोकतन्त्रप्रतिको नेपालको प्रतिबद्धताले विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको उनको भनाई छ । 

उनले भनने,‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो र मौलिक अधिकारहरु यसको जीवनरेखा हुन् । यी असधकारहरुले व्यक्तिलाई मर्यादीत,स्वतन्त्रता,र समानताकासाथ बाच्न सक्ने कुरा सुनिश्चित गर्दछ । आज लोकतन्त्रप्रतिको नेपालको प्रतिबद्धताले हामीलाई विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।