image
image
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न बर्न अस्पताल पुगे राष्ट्रपति

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न बर्न अस्पताल पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । शनिबार पोखरामा बेलुन पड्किएर जलन भई आईसियुमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति पौडेल अस्पताल पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

शरीरको अनुहार, घाँटी र हत्केला जलेर पौडेल र आचार्यलाई शनिबार नै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा आगो लाग्दा पड्किएर पौडेल र आचार्य घाइते भएका हुन् । दुवैलाई ४८ घन्टा सघन कक्षमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । दुवैको अवस्था खतरामुक्त रहेको अस्पतालले जारी गरेको नोटिसमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।