image
image
सनी देओलको १९९६ को ‘घातक’ फ्रेबुअरी अन्तमा पुनः रिलिज हुने

सनी देओलको १९९६ को ‘घातक’ फ्रेबुअरी अन्तमा पुनः रिलिज हुने


काठमाडौं । बलिउडमा पुनः रिलिज गर्ने चलन एक्कासी बढेको छ । जसअनुसार केही क्लासिक सुपरहिट ठूलो पर्दाका फिल्महरू पुनः रिलिजका लागि तयारी अवस्थामा रहेका छन्। खासमा रि रिलिज भएको पछिल्लो ब्लकबस्टर ‘सनम तेरी कसम’ सहित केही फिल्मले ठूलो सफलता हासिल गरे पछि बलिउडका निर्माताहरू रि–रिलिजमा ध्यान दिन थालेका छन । 

अब सुपरस्टार आमिर खान र सलमान खानको प्रतिष्ठित कमेडी फिल्म राजकुमार सन्तोषी द्वारा निर्देशित ‘अन्दाज अपना अपना’ यो वर्ष अप्रिलमा पुनः रिलीज हुँदैछ। अब सन्तोषीको नै अर्को कल्ट क्लासिक फिल्म ‘घातक’ पुनः रिलिज गर्ने तयारी भएको छ, जसमा सनी देओलको मुख्य अभिनय रहेको छ ।

बलिउड हंगामाको रिपोर्टका अनुसार सन् १९९६ मा आफ्नो मूल रिलिजमा ठूलो सफलता पाएको आइकोनिक एक्सन ड्रामा फेब्रुअरी २८ मा देशभरका सिनेमाघरमा रिलिज हुनेछ। यो एक अस्थायी मिति हो, जुन परिवर्तन हुन सक्छ र यसका लागि केही दिनमा निर्णय हुने अपेक्षा गरिएको छ।

यसको पहिलो रिलिजमा विश्वव्यापी रूपमा लगभग २६.५० करोड कुल सङ्कलन गरेर सो वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको रेकर्ड बनाएको थियो। फिल्मलाई यसका संवादहरूका लागि सम्झना गरिने गरिन्छ । फिल्ममा सनी देओलको उत्कृष्ट प्रदर्शनका साथै मीनाक्षी, अमरीश पुरी र ड्यानी डेन्जोङ्पा पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।