image
image
विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग

विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए ।  

उनले भने, ‘इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे ।  दुई समूहबीच सम्झौता भयो । युद्ध बिराम भयो । कयौं देशका मान्छेहरु हमासको गिरफ्तारीमा परेका रिहाई भए तर कन्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन् ।

 यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन् रु उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ । यसले सरकारको जिम्मेवारी पूरा हुदैँन् । रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।