image
image
सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार हो : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार हो : सांसद श्रेष्ठ


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका हुन् । 

उनले भने,‘के हामीसँग यति धेरै जेल छन् ? जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकियोस् ? सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिबानाको मेन्यु ल्याउँदैछ । नागरिकलाई तपाईं बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूचाहिँ उन्मुक्त ? के यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार ? कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ।’

त्यस्तै उनले विधेयक मार्फत सरकारले प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको पनि धारणा राखे ।  उनले भने,‘गंगालाल, धर्मभक्तले लडेर अभिव्यक्ति स्वतन्त्रताको अधिकार अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो मैले बुझ्न सकेको छैन । सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोजिँदैछ ?’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।