image
image
मेयर बालेनलाई सांसद सिंहको चुनौतीः हिम्मत भए संसद भवन भत्काएर देखाऊ

मेयर बालेनलाई सांसद सिंहको चुनौतीः हिम्मत भए संसद भवन भत्काएर देखाऊ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए । 

उनले बालेनलाई च्यालेज गर्दै भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु । हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन । यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको ः’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।