image
image
सामाजिक सञ्जाल विधेयक फिर्ताको मागसहित पदर्शन

सामाजिक सञ्जाल विधेयक फिर्ताको मागसहित पदर्शन


सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

आइतबार साझ जनकपुरधामको मुख्य प्रवेश द्वार रामानन्द चोकको बीचमै मसाल जलाएर सरकारविरुद्ध उनीहरुले प्रदर्शन गरेका छन् । संसदमा दर्ता भएको उक्तविधेयक’ले नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामा असर पार्ने भन्दै आफूहरु यो विधेयकको बिरोधमा आवाज उठाएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सदस्य श्याम साहले बताए ।

प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूले नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने उनले खतरा औंल्याए । ‘बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु हुँदैन’ उनले भने ।प्रदर्शनका क्रममा विद्यार्थीहरुले विधेयकका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका छन् । सरकारले यो विधेयक पास गरे आफूहरु अदालतमा रिट हाल्ने र तत्पश्चात पनि नभए सदन घेराउ गर्ने प्रदर्शनकारी साहले चेतावनीसमेत दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।