image
image
श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्छ : प्रभु साह

श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्छ : प्रभु साह

 

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, मालीलगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेकाले जागिरको सुनिश्चितता गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिरको निरन्तरताका लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ । सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्ति गर्न के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भइरहेको छ, के ति श्रेणीविहीन पदहरु सरकारी निकायबाट हटाइएको हो ?ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन रु के चालकहरु नेपाली नागरिक होइनन ?के गरिवहरु नेपाली नागरिक होईनन ?’

साथै उनले गरिवमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिए । उनले हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भइराख्दा आम मान्छेले स्वभाविक नमानेकोले सरकारको ध्यानाकार्षण समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।