image
image
सरकारले ल्याएको सामाजिक संजाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघ सडकमा

सरकारले ल्याएको सामाजिक संजाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघ सडकमा


काठमाडौं । सरकारले ल्याएको सामाजिक संजाल विधेयकमा राखिएका प्रावधानहरुप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार संघ, नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको  हो ।  

उक्त विरोध प्रदर्शनमा बोल्दै अनलाईन टिभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए । उनले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाईन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेकोसमेत बताए ।

उनले भने, ‘यस्तोखाले नियम कानून लागू भयोभने तपाईंहामी कसैले पनि आलोचना गर्न पाउनुहुने  छैन । सरकारी सत्तामा रहेका मान्छेहरुको आलोचना गर्न पाउनुहुने छैन । कसैले सरकारको विषयमा लाइक गर्नुभयो भनेपनि पाँच वर्ष जेलमा बस्नुपर्ने छ । पाँच लाख भन्दा बढी धरौटी तिर्नुपर्ने छ । त्यसकारणले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाइन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेको छ ।’

यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल विधेयक ल्याउने  फुच्चे खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन् । उनले यो अधिनायकवादी विधेयक फूच्चे खेल हो भन्दै सबै दलहरुलाई बन्द गर्न चेतावनी समेत दिए ।

उनले भने, ‘जब जब सत्तामा आउनुहुन्छ, तब जनताको अधिकार कटौती गर्न  खोज्नुहुन्छ । नागरिकको स्वतन्त्र अधिकारलाई विधेयकले खोस्न खोज्दैछ । गठबन्धनमा बसेका अरु राजनीतिक दलहरुलाई पनि म चेतावनी दिन चाहन्छु–तपाईंहरुको  यस्तो अधिनायकवाद ल्याउने जुन फुच्चे खेल हो यो सफल हुनेवाला छैन् । तत्काल यो  फिर्ता लिनुस् ।’

संघले आजको  विरोध प्रदर्शनमा आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका हुन् । सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।