image
image
‘जलवायु परिवर्तनको सामना गर्न प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक’

‘जलवायु परिवर्तनको सामना गर्न प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक’

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको सामना गर्न विकासोन्मुख देशहरुका लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताएका छन् । 

आइतबार नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धि कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए । 

उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रुपमा रहेको कार्बन उत्र्सजनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ ।’मन्त्री ठकुरीले जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए ।

उनले भने,‘जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेका छौं । सरकार निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रदान्मक समाधानहरु अघि बढाउन सार्वजनिक नीजि पुँजी परिचालन गर्न अति आवश्यक छ ।’

उनले नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरु मध्ये पुर्नउत्पादक बागवानी एक महत्वपुर्ण उपाय रहेको पनि बताए । उनले अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुर्नउत्पादक कृषि अभ्यासहरुलाई अंगिकार गर्न अपरिहार्य रहेको कुरामा जोड दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।