image
image
रवि लामिछानेको निलम्बन फुकुवा गर्न संसदमा रास्वपाको माग

रवि लामिछानेको निलम्बन फुकुवा गर्न संसदमा रास्वपाको माग


काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।प्रतिनिधिसभाको जारी  बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘पुर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौंटीमा रिहा भइसकेका हाम्रा सभापति रबि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले बैठकमा भने ।

सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दावी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भन्न भ्याएका छन । उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मुल्य महंगो पर्ने पनि जनाए ।बिभिन्न सहकारीवाट ग्यालेक्सी टिभीमा रकम लगेको अभियोगमा लामिछानेमाथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ ।

सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाइ पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनवाट २ करोड भन्दा माथी धरौंटी दिएर रिहा भइसकेका छन् । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।