image
image
सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारी मागः  ‘नो केवलकार’

सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारी मागः  ‘नो केवलकार’

काठमाडौं ।  ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संघ संस्था एवम् राजनीतिक दलहरुको आब्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने माग राखिन । उनले भनिन्,‘हाम्रो माग भनेको नो केवल कार हो । माग पूरा नभए आम हडतालमा उत्रिन्छौं ।’

अर्का प्रदर्शनकारी निक्रम लिम्बुले मुक्कुमलुङको पहिचान मेटाउनेगरी केबलकार बनाउने योजनालाई खारेज गर्न माग गर्दा वेवास्ता गरिएकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । उनले आन्दोलनका क्रममा अत्यावश्यक सेवालाई प्रभाव नपारेको तर दुई दिनभित्र सरकारले सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए । 

आन्दोलनकारीले सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्दको आब्हान गरेका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा प्रभावित छ । आन्दोलनकारीहरूले सडकमा निस्किएर ‘केवलकार चाहिँदैन’, मुकुम्लुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर जस्ता नारा लगाइरहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।