image
image
पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल

काठमाडौं । पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो । 

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रनमात्र जोड्न सफल भएको थियो । नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

 उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् । यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।