image
image
देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक :  प्रदीप ज्ञवाली

देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक :  प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएको बताए। कांग्रेस र एमालेबीच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई संकट पर्दा दुई दल मिल्ने गरेको बताए। ‘धेरैको अनुमानविपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ,’ उनले भने।

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनी गरेको प्रचारको ज्ञवालीले दाबी गरे। सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमालेलगायत अन्य दलमा आबद्ध मानिसहरूमाथि पनि मुद्दा चलिरहेको उनले बताए। ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन,’ उनले भने।

सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएको ज्ञवालीले बताए। ६र६ महिलनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको उनको भनाइ छ। यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसको केन्द्रमा रहेको उनले बताए।

देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उनले बताए। माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनको भनाइ छ।

नेकपा एमाले सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उनले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनुपर्ने बताए। नेकपा एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’को मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उनले बताए। निरंकुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेका उनले बताए। ‘स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिन्जडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ,’ उनले भने।

उन पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्पूर्ण भएको बताए। यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा ज्ञवालीले जोड दिए। ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ,’ ज्ञवालीले भने।

अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जालमार्फत अनेक खालका बितण्डा मच्चाउने काम भएका भन्दै ज्ञवालीले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताए। सो विधेयक संसदमा छलफल हुने भएकोले त्यसलाई परिमार्जनसहित व्यवस्थित बनाइने उनको धारणा छ। यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिइने बताए।

तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने उनले बताए। तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनले स्पष्ट पारे। मिडिया र सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नु पर्नेमा उनले जोड दिए। यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको बताए। असत्यको भिडबाट सत्यलाई किचिनबाट नजोगाउने हो भने सत्य मर्ने ज्ञवालीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।