image
image
संसदको हिउँदे अधिवेशनः अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको अडान कायमै

संसदको हिउँदे अधिवेशनः अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको अडान कायमै

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले शुक्रबारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

उनले भने,‘भोलीदेखि सुरु हुने संघीय संसदका अधिवेशन व्यवस्थित रुपमा जनताका सरोकारहरुलार्य उठाउने कुरामा एक मत भएको छ । खास गरेर अध्यादेशका बारे सरकारले जसरी सदनमा ल्याएर सबै कानुन व्यस्थित बनाएर अगाडि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ । त्यो प्रकृयाको हिसाबले पति गलत छ । त्यसैले सबै विपक्ष दलहरुले यसको अस्वीकार चाँही गर्नुपर्छ भन्ने सर्वसहमत निर्णय भएको छ ।’

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।