image
image
बलिउड डेब्यु गर्दै महाकुम्भकी भाइरल मोनालिसा, गरिन फिल्मका लागि साइन

बलिउड डेब्यु गर्दै महाकुम्भकी भाइरल मोनालिसा, गरिन फिल्मका लागि साइन


काठमाडौं ।  आफ्ना छेडिएका आँखा र मिठो मुस्कानका कारण महाकुम्भमा भाइरल बनेकी मोनालिसा अहिले मध्यप्रदेशको महेश्वरस्थित आफ्नो घर फर्किएकी छिन् । उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने गर्थिन् तर १५ दिन भित्रै महाकुम्भ छाड्न विवश भएकी हुन ।

तर अब मोनालिसा स्क्रिनमा हावी भई फिल्म गर्न लागेकी छिन् । मोनालिसालाई निर्देशक सनोज मिश्राले आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’ मा कास्ट गर्ने भएका छन् । सनोज मिश्रा आफ्नो गाउँ गएका थिए, जहाँ उनलाई भेटेर मोनालिसाले फिल्म साइन गराए । मोनालिसा फिल्म ‘द डायरी अफ मणिपुर’ मा मुख्य भूमिकामा देखिनेछिन् । फिल्मको छायांकन अघि उनलाई मुम्बईमा अभिनयको तालिम पनि दिइनेछ ।

कुम्भ अचानक इन्टरनेटमा भाइरल भएपछि मोनालिसाको सुन्दरता र आकर्षक व्यक्तित्वले मेलामा आउने मानिसहरूको ध्यान तान्यो। त्यसपछि सनोज मिश्रले आफ्नो फिल्ममा मोनालिसालाई कास्ट गर्ने निर्णय गरे । तर, मोनालिसाले काम छोडेर घर फर्किनुपरेको थियो किनभने भाइरल भएका कारण उनले न माला बेच्ने काम राम्रोसँग गर्न सकेकी थिइन्, न त सास फेर्न नै सकिन् । मानिसहरु उनको अगाडि क्यामेरा लिएर घुम्न थाले ।

 निर्देशक सनोज मिश्र अहिले फिल्म ‘द डायरी अफ मणिपुर’ को तयारीमा व्यस्त छन् । यो फिल्म मणिपुरको ज्वलन्त मुद्दामा आधारित छ । बलिउड स्टार राजकुमार रावका जेठा भाइ अमित राव पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेका छन् । समाजको ज्वलन्त मुद्दामा चलचित्र बनाउने निर्देशक हुन्– सनोज मिश्रा ।

 उनको फिल्म ‘काशी टु कश्मीर’ होस् वा ‘द डायरी अफ वेस्ट बेङ्गाल’ उनको चर्चित फिल्म हो, जुन फिल्मको निकै विरोधसमेत भएको थियो । उनलाई ज्यान मार्ने धम्की समेत आएको थियो । तर त्यसको परवाह नगरी सनोज मिश्राले फिल्म रिलिज गरे र दर्शकले निकै मन पराए । सनोज मिश्रा फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्र ‘द डायरी अफ मणिपुर’का लेखक, निर्माता तथा निर्देशक सनोज मिश्र नै हुन् । फिल्मका सह निर्माता यामिन खान र जावेद देवरियावाले हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।