image
image
महिला यु–१९ विश्वकपः  अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो नेपाल

महिला यु–१९ विश्वकपः  अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल  बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।

यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन । अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् । खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो ।

नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् । सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् । रिया शर्माले १ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।