image
image
उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं : पर्यटनमन्त्री पाण्डे

उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं : पर्यटनमन्त्री पाण्डे


काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । मंगलबार सिंहदरबार स्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद् गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखिइनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट विक्री वितरण सम्ममा पारदर्शीता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए । 

उनले भने,‘पटक–पटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरुसँग,कार्यकारी  अध्यक्षसँग छलफल गरिरहेको छौं । हाम्रा जहाजहरु खरिद् गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवादहरु चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम टिकट विक्रीमा देखिएका समस्याहरु समाधान खोजिरहेका छौं ।

त्यस्तै समिति सदस्य सुनितन बरालले  नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुखद् रहेको बताइन् । वायु निगम एउटामात्र बाटोले सेवाहरुसँग जोडिने विषय नभएकाले कर्मचारीहरुलाई टिकाइराख्नको लागि र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने बताइन् 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।