image
image
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आब्हान्

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आब्हान्

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन् । केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन् । 

 हिजोआज विभिन्न भागमा साना–ठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो आब्हान गरेका हुन्  ।

मंगलबार बिहानै ६ः५१ बजे पनि काठमाडौं लगायत नेपालका विभिन्न भागमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौं सहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका क्षेत्रमा ठुलो धक्का महसुस भएको थियो । 

भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ ।  खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।