image
image
कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी

कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पताल ६३ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् । उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जती पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो सबै सत्य होइन ।

 यसमा व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि छ । र यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन् । उपकरण उपलब्ध छैन । भौतिक पूर्वाधार व्यवस्थित छैन । यहाँ काम गर्नेहरुले अन्तजती सेवा सुविधा प्राप्त गर्नु भएको छैन ।’

यसैगरी उनले  भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार  भए पनि राज्यसँग क्षमता नभएको बताए । उनले उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।