image
image
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

काठमाडौं ।  पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ ।  अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ । 

यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ । जसका कारण आगामी दिनमा पुष्पाः २ ले आमिर खानको दंगलको २ हजार करोडको कीर्तिमान पार गरेमा इतिहासमा आफ्नो नाम दर्ता गराउने छ, जुन फ्यान र फिल्मको टिमका लागि गर्वको विषय हुनेछ । 

 बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार पुष्पाः २ ले ५ औं आइतबार अर्थात ३२ औँ दिनमा मात्रै ७ करोडको कमाइ गरेको छ, त्यस पछि भारतमा पुष्पाः २ को अंक १२०६ करोड पुगेको छ । जसमा फिल्मले तेलुगुमा ३३४.७६ करोड, हिन्दीमा ८०६ करोड, तमिलमा ५८.१६ करोड, कन्नडमा ७.७३ करोड र मलयालममा १४.१५ करोड कमाएको छ । जहाँ विश्वव्यापी संख्या १८२५ करोडमा बढ्दै गएको देखिन्छ ।

 उल्लेखनीय छ कि पुष्पाः २ ले जवान, पठान, एनिमल, बाहुबली, बाहुबलीः २, केजीएफ, केजीएफः२ जस्ता चलचित्रलाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको उपाधि जितेको छ । यस्तो गर्ने यो पहिलो भारतीय फिल्म हो ।

 विश्वव्यापी कमाईको मामिलामा अल्लु अर्जुनको फिल्म आमिर खानको दंगलको रेकर्ड तोड्न २०० करोडले मात्रै पछाडी रहेको छ । दिनहरु बित्दै गएको बेला पुष्पाः २ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुन तयार देखिन्छ। फिल्म फेब्रुअरीसम्म ओटीटीमा रिलिज हुने पनि निर्माताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।