माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा हुने छ ।
हिजोको बैठकमा एमाले र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो ।









