image
image
‘समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ता’

‘समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ता’


काठमाडौं । सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै सहकारीको समस्या समाधान गर्नका १ हजार भन्दा बढीलाइ पक्राउ गरिएको ओलीले जनाएका छन् ।

सोही सिलसिलामा नागरिकहरुले गास काटेर पाई–पाई गर्दै जम्मा गरेको, कतिपय कर्मचारीहरुले आफ्नो जीवनभरको कमाइ समेत सङ्कलन गरेको वचत रकम हिनामिना गर्ने र संसदीय छानबिन समितिले किटान गरेका समेत विभिन्न ५ सय भन्दा बढी व्यक्तिहरु थुनामा परेको उनले जनाएका हुन् । ‘हजारभन्दा बढी विरुद्ध मुद्दा चलाएको छ । उनीहरु विरुद्ध सहकारी ठगीका अतिरिक्त कतिपयलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको छ ।’

उनका अनुसार हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीहरु ९६९ हजार वचतकर्ता मध्येबाट ३ वटा सहकारीका ६ हजार जति बचतकर्ताहरुको पूर्ण करिब १ अर्ब ५५ करोड रुपैया रकम फिर्ता गरी हिसाबकिताब राफसाफ गरिएको छ भने अन्य सहकारीका करिब ८ हजार बचतकर्ताहरुको ७० प्रतिशत र २ हजार जतिको ५० प्रतिशत बचत फिर्ता भएको छ । यस कामलाई अझ तीव्रता दिँदै साना बचतकर्ताहरुलाई प्राथमिकतामा राखेर सम्पूर्ण बचतकर्ताहरुको रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।