image
image
भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिनेछ : गृहमन्त्री लेखक

भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिनेछ : गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले जाजरकोटमा गएको भूकम्पले गरेको  हानी नोक्सानीका बारेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८ औँ बैठकमा छलफल गरिएको बताएका छन् ।  समितिको २८ औँ बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले भूकम्पले क्षति पुर्याएको ठाउँमा पूनर्निर्माण गर्नको लागि  आवश्यक कानूनी र  आर्थिक विषयमा बैठकमा छलफल भएको बताएका हुन् ।

उनले भने, ‘आज साझ ७ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बस्छ  । तर  आज खास  गरेर डोटी, बझाङमा भूकम्प गएको त्यसपछि जाजरकोटको भूकम्पले ।गरेको हानी, नोक्सानी र पछिल्लो पटक बाढी पहिरोका कारणले भएको विपद्का बारेमा जहाँ डिडिए गर्नुपर्ने हो त्यो काम प्रारम्भ गर्ने, जुन ठाउँमा डिडिएको काम भइसकेको छ त्यहाँ पूर्ननिर्माणको काम प्रारम्भ गर्ने गरेर मापदण्ड केही समय अगाडि मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । त्यस सम्बन्धि कार्यविधि पनि पारित गरेका छौं । अब जाजरकोट भूकम्पको डिडिए गर्ने काम र डिटेल एसेसमेन्ट गर्ने काम र डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणका काम प्रारम्भ गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा आज निर्णय गरेका छौं । यहीँ कुरा विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गर्छौ र  राष्ट्रिय परिषद्को बैठकले निर्णय गरिसके पछाडि काम प्रारम्भ गर्छौं । ’

साथै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा यस विषयमा छलफल हुने बताए । उनले जाजरकोट भूकम्पको डिडिए गर्ने काम र  डिटेल एसेसमेन्ट गर्ने काम साथै डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणको काम प्रारम्भ गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।