image
image
पूर्व आइजीपी सर्बेन्द्र खनालले गरे  ‘एमाले’ छाडेको घोषणा

पूर्व आइजीपी सर्बेन्द्र खनालले गरे  ‘एमाले’ छाडेको घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् ।  सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

आफ्ना आफन्त एवम् शुभचिन्तकहरु आफ्नो राजनीतिक स्थिति बारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।” 

खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र राष्ट्रलाई महान बनाउन आफु र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्,“म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।” 

पूर्व आइजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधि सभा चुनाबमा एमालेका उम्मेदवार बनी रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डा। स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । 

उनले समाजिक संजालमा लेखेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ ।  म देश र जनताको हितका लागि सधैं लडिरहनेछु धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।