image
image
सबैले काम गर्ने तरिका परिवर्तन गरे मात्र विकास हुन्छ : सञ्चारमन्त्री गुरूङ

सबैले काम गर्ने तरिका परिवर्तन गरे मात्र विकास हुन्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुने बताएका छन् । शनिबार दिगो पर्यटन सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्दै उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भने,‘हाम्रो कर्मचारी, सरकारमा रहेका हरेक व्यक्ति र प्रहरी प्रशासनले गर्ने जुन कामको तरिका छ त्यो तरिकाको शैली परिवर्तन गर्नुपर्छ । त्यसपछि मात्र विकास हुनसक्छ । नयाँ व्यवस्था र पूरानो व्यवस्थामा काम गर्ने तरिका मिलेको छैन । सरकारमा छौं सरकारमा जाने मान्छेहरु जुनसुकैले पनि आर्थिक सामाजिक रुपान्तरणका लागि काम गर्ने तरिका र नीतिगत तरिकाहरुमा ध्यान दिएको अवस्था छैन । अहिलेसम्म कुनै सरकारले ध्यान दिएको छैन ।’ साथै उनले हाम्रो देशको कानून निर्माणहरु नै विग्रेको अवस्था भएको बताए । उनले राज्यले एउटा मात्र मुलभूत पोलिसीलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।