image
image
स्वमूल्यांकनको प्रारम्भिक नतिजाः काठमाडौँ महानगरपालिकालाई हालसम्मकै उच्च अंक

स्वमूल्यांकनको प्रारम्भिक नतिजाः काठमाडौँ महानगरपालिकालाई हालसम्मकै उच्च अंक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा हालसम्मकै उच्च अंक प्राप्त गरेको छ । आइतबार काठमाडौं नगरसभाको १६ औं अधिवेशनमा उपमेयर सुनिता डंगोलले महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको र जुन हालसम्मकै उच्च अंक रहेको जानकारी गराइन् । 

उनले भनिन्,‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको छ । यो अंक काठमाडौं महानगरपालिकाको हालसम्मकै उच्च अंक हो । यो सफलता हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

त्यस्तै मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा बजेट संशोधन,आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१ ,नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गरे । 

उनले भने,‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा बजेट संशोधन, आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१ ,नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गर्दछु ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।