image
image
अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक छ : मन्त्री शाही

अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातारणमन्त्री ऐन बहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले बद्लिदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको भन्दै चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा एउटा उत्कृष्ट रुपमा प्राणी उद्यान निर्माण आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘बद्लिदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको अवस्था छ । अहिले प्रकृतिको जिम्मा लिने साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्यूनीकरण गर्नेलगायतका कामहरु राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मामा आएको छ । यो एउटा सफलता हो । चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरकै एउटा उत्कृष्ट रुपमा प्राणी उद्यानको आवश्यक छ ।’

उनले नेपाललाई प्रकृतिमय ,पर्यटनको आकर्षणको केन्द्र र समृिद्धका बाटाहरु अगाडि पहिल्याउनका लागि वनसँग धेरै नाता र सम्भावना जोडिएको बताए । जलवायु परिवर्तनको चुनौतीमा नेपाल रहेकाले त्योसँग जुध्न सबैले गरेका पहलकदमीलाई अब कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ । 

साथै उनले ललितपुर महानगरपालिकाबाट चिडियाखानाको व्यवस्थापनमा जुनसुकै अविभावकत्व प्राप्त भएको भन्दै अझ यसलाई थप पुँजीकृत गरी नगरपालिकाको हितलाई निरन्तर अगाडि बढाउनका लागि कोषको सम्पूर्ण टिमले पनि मेहेन गर्दै आएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।