image
image
हरेक गाउँगाउँमा विद्युत पुगिसक्यो, केही विकट ठाउँहरुमा मात्रै बाँकी छ : कुलमान घिसिङ

हरेक गाउँगाउँमा विद्युत पुगिसक्यो, केही विकट ठाउँहरुमा मात्रै बाँकी छ : कुलमान घिसिङ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन् । शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताएका हुन् ।

उनले भने, ‘हिजोको  अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौं।  पहिला लोडसेडिङको अवस्था थियो । अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौं । हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ । केही विकट ठाउँहरुमा पुग्न बाँकी छ ।’ यसैगरी उनले अहिले उत्पादित भइरहेको विजुली करिव करिव ३५ सय मेगावाटको हाराहारीमा रहेको बताए । उनले ३५ सय मेगावाटको हाराहारीमा विजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताए । उनले डायस्पोराका नेपालीहरुले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए । त्यस्तै जलवायू परिवर्तन र बसाइँ सराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दिक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायू परिवर्तनको जोखिमबारे आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।