image
image
५९ वर्षका भए सलमान खान, भाञ्जीको पनि जन्मदिन, प्लेनमा सँगै मनाए

५९ वर्षका भए सलमान खान, भाञ्जीको पनि जन्मदिन, प्लेनमा सँगै मनाए

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान ५९ औं जन्मदिन मनाएका छन् ।सो अवसरमा सलमान खानका भाइ तथा निर्माता–अभिनेता सोहेल खानले सोसल मिडियामा उनको पूरा परिवारसँगै रहेको देखाएका छन । जसमा विशेष युलिया वन्तुर पनि खान परिवारसँग विमानभित्र देखिएकी थिइन् ।

सोहेल खानले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै फ्यानहरूलाई जामनगरमा आफ्नो परिवार र साथीहरूको उडानको झलक देखाएका छन । सेयर गरिएको भिडियोसँगै सोहेलले क्याप्सनमा लेखेका छन्, ‘ह्याप्पी बर्थडे ब्रदर एण्ड आयत।’

आयत सलमान खानकी भान्जी र अर्पिता शर्मा–आयुष शर्माकी छोरीको नाम हो। सलमान खान र आयतको जन्मदिन एकैदिन हो । विमानभित्र परिवार र साथीभाइहरु च्याट गरिरहेको र बच्चाहरु गेम खेल्न व्यस्त देखिएका थिए ।

भिडियोमा घरका सबै मानिससँगै नजिकका साथीहरु पनि देखिएका छन् । जसमा रितेश देशमुख, जेनेलिया डिसुजा र युलिया वन्तुर थिए। भिडियोमा सलमानकी आमा सलमा खान र हेलेन अर्को छेउमा बसेको देखिन्छ । दिदीबहिनी अर्पिता शर्मा र अलविरा अग्निहोत्री पनि आफ्नो सम्पूर्ण परिवारसँग देखिएका थिए। यसका अलावा सोहेल खानका छोरा निर्वाण खान, अरबाज खानका छोरा अरहान खान पनि देखिएका थिए ।

खान परिवारले पनि २७ डिसेम्बरमा सलमानको ५९ औं जन्मदिन ठूलो धूमधामका साथ मनाइदिएका हुन । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा अभिनेता आफ्नी भान्जीसँग केक काटिरहेको देखिएका थिए ।

सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ को टिजर २९ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म निर्माताहरूले भर्खरै फ्यानहरूसँग फिल्मको सलमान खानको फर्स्ट लुक पोस्टर साझा गरेका थिए । ‘सिकन्दर’ सन् २०२५ को इदमा रिलिज हुनेछ । फिल्ममा सलमान खानसँग अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा छिन् । यसअघि यो टिजर भाइजानको जन्मदिनमा रिलिज हुने भनिएको थियो तर पूर्व प्रधानमन्त्री डा।मनमोहन सिंहको निधनका कारण दुई दिनका लागि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।