image
image
स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । शुक्रबारसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा उक्त सम्मेलनको उद्घाटन गरिएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संसारमा अरु देशले नगरेका उपलब्धिहरु स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरु नेपालले गरिसकेको बताएका छन् । बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रुपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भइ अगाडि बढीरहेको बताएका हुन् ।

उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ती थुप्रै विषयहरु छन् । नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ । क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ । तर नेपाली जनतालाई अनुभूति गर्नेगरी ,आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौं ।’

यसैगरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्ने बताए । उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरु भएपनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरुको पहिचान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।